७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोपा अमेरिका फुटबलको उपाधिका लागि पेरु र ब्राजिल बीच प्रतिस्पर्धा हुने


१८ असार, काठमाडाैँ । कोपा अमेरिका फुटबलको उपाधिका लागि पेरु र ब्राजिल बीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको अन्तिम सेमिफाइनलमा डेफेन्डिङ च्याम्पियन चिलीलाई ३–० ले स्तब्ध बनाउँदै पेरुले फाइनलमा स्थान सुरक्षित गर्दै उपाधिका लागि ब्राजिलसँगको भेट पक्का गरेको छ । यसअघि ब्राजिलले बुधबार अर्जेन्टिनालाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

चिलीलाई पराजित गर्ने क्रममा पेरुले २ गोल पहिलो हाफमा गरेको थियो । पेरूका लागि २१ औं मिनेटमा इडिसन मिचेल पिरिएल्टाले, ३८ औं मिनेटमा भिक्टर फालेर्सले र ९१ ‌औं मिनेटमा पाउलाे गुरेराेले गोल गर्दै पेरूलाइ जित दिलाएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार ११:५५