८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्जेन्टिनालाई २–० को हार चखाउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा


१८ असार, काठमाडाैँ । ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । सेमिफाइनलमा अर्जेन्टिनालाई २–० को हार चखाउँदै ब्राजिल फाइनलमा पुगेको हो । ब्राजिलका रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले उत्कृष्ट प्रदर्शनबाट कोपा अमेरिका जित्ने अर्जेन्टिनाको अर्को सपना चकनाचुर भएकोछ । यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा  पराजित अर्जेन्टिना यो पटक सेमिफाइनलबाटै बाहिरिएको छ ।

 ब्राजिलको जितमा फिरमिनो र जेससले एक एक गोलको योगदान गरे । खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेका थिए । त्यस्तै ७१औं मिनेटमा फिरमिनोले जेससको पासमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि अर्जेन्टिना २–० ले पराजित हुन पुग्यो । फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार ०८:४८