१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा काँग्रेसले लाखबत्ती बाल्ने


१७ असार, चितवन। नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बाल्ने भएको छ । नेपाली काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो ।  दुई सय वटा प्यालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताउनुभयो ।

योसँगै नारायणी किनारमा हुने श्री गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड स्व कोइरालाको नाममा समर्पित गरिने र जसका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली काँग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

लाखबत्ती र दीप प्रज्वलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाएको छ । पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १३:०५