१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अमेरिका जाने विद्यार्थीहरूका लागि खुशीको खबर, भिसा इस्यु गरे बापतको २०० डलर तिर्नु नपर्ने


१७ असार, काठमाडौँ । नेपालस्थित अमेरिका दूतावासले नेपाली विद्यार्थीका लागि खुशीको खबर बाँडेको छ । दूतावासले हिजोदेखि लागू हुने गरी नेपाली विद्यार्थीले पढ्नका लागि अमेरिका जाँदा दूतावासमा तिर्नुपर्ने भिसा इस्युएन्स बापतको २०० डलर तिर्नु नपर्ने भएको छ । दूतावसको ट्वीटर मार्फत अमेरिकामा अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरूले २०० डलर भिसा पारस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ ।

यसअघि लाग्दै आएको आवेदन र सर्भिस शुल्क भने लाग्नने दूतावासले जनाएको छ । यस्तो छ दूतावासको सन्देश ‘Great news, Nepali students ! विद्यार्थीहरूका लागि खुशीको खबर ! जुलाई १, २०१९ अर्थात् आजैका दिनदेखि अमेरिकामा अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरूले २०० डलर भिसा पारस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने छैन । स्मरण गर्नुहोस्, आवेदन तथा सेभिस शुल्क चाहिँ अझै लाग्नेछ।’

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १०:४८