१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डाक्टरले गरे दुई सन्तान र श्रीमतीको हत्या  


१७ असार, काठमाडाैँ । डाक्टरले आफ्नी श्रीमती र दुई सन्तानको हत्या गरेसँगै आफुले पनि झुण्डिएर आत्महत्या  गरेका छन् । भारतको गुडगाव शहरमा  सुसाइड नोट  ढाक्टर बस्दै अाएकाे फ्ल्याटमा चारैजनाको शव भेटिएकाे भारतीय संचार माध्यमले बताएकाे छ । सुसाइड नाेटमा परिवारलाई राम्रोसँग चलाउन नसकेको कारण लेखिएको छ ।

डाक्टर प्रकाश सिंह एक फार्मा कम्पनीमा काम गर्दथे  भने उनकी श्रीमती एउटा स्कुल चलाउँथिन् । सुरुवाती अनुसन्धान गर्दा प्रकाशले सुरुमा श्रीमती कोमल र त्यसपछि दुई सन्तानको हत्या गरेको खुल्न आएको भारतीय संचार माध्यमले जनाएकाे छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १०:२५