८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सरकारले आइफा अवार्डलाई १ रुपैयाँ पनि दिएको छैन : सञ्चारमन्त्री बाँस्कोटा


१६ असार, काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आइफा अवार्डलाई १ रुपैयाँ पनि नदिएको बताएका छन् । सोमबार काठमाडाैँमा आयोजित चलचित्र विकास बोर्डको १९ औँ वाषिर्कोत्सवकाे कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले आइफालाई १ अर्ब दिने मन्त्रिपरिषदको निर्णय नभएकाे स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने निर्णय भएकाे तर १ रुपैयाँ पनि दिने अनुमति नभएको उल्लेख गरे । मन्त्री बाँस्कोटाले सरकारले सन् २०२० मा भिजिट नेपाल मनाउँदै गरेकाेले पर्यटन प्रवर्द्धनका निम्ती साे अवार्डकाे आयोजना गर्न लागेकाे बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १५:०२