१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

शिक्षकको जागिर लगाइदिने भन्दै २० जनाबाट ६१ लाख ठग्ने प्राधानाध्यापक पक्राउ


१६ असार, बारा । शिक्षकको जागिर लगाइदिने भन्दै २० जनाबाट ६१ लाख ठग्ने प्राधानाध्यापक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाराले विद्यालयमा जागिर लगाइदिने बहानामा लाखौं ठगी गर्ने बाराको जितपुर सिमरा-८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक ४३ वर्षीय अनिलकुमार ठाकुरलाई पक्राउ गरेकाे छ ।

ठाकुरले विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वसन दिएर प्रतिव्यक्ति २ देखि ५ लाख रुपैयाँसम्म लिएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । ठाकुरले अहिलेसम्म ६१ लाख १४ हजार ५ सय रुपैयाँ लिएर आफैं नियुक्ति पत्रसमेत दिइ लुकीछिपी बस्दै आएको  र उनले पछि जागिर नभएको भन्दै रकम नभएको चेक समेत दिएकाे प्रहरीले जनाएकाे छ । ठाकुरले अहिलेसम्म २० जनालाई ठगेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

ठाकुरविरुद्ध प्रहरीले जिल्ला अदालत, बाराबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको बताएकाे छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १३:३०