१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने


२९ चैत, डोल्पा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताएका छन् ।

प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको व्यवस्थापनका लागि गृहजिल्ला आएका राज्यमन्त्री बुढाले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अब डोल्पाली जनताले पूर्णरुपमा सरकारको सेवा महसुस गर्ने गरी हवाइ उडान र पर्यटनको विकास हुने जिकिर गरेका छन् ।

नेपाल एअरलाइन्सको उडान थप गर्नाका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा एकरुपता गरी सबै जहाज नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बाह्रै महिना तैनाथ रहने गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको उनकोे भनाइ थियो ।

निकट भविष्यमै डोल्पामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सुण्डो र विश्वकै अग्लो स्थानमा रहेको उपत्यका धोमा विशेष महोत्सव मनाउने तयारी गरिएको जानकारी पनि राज्यमन्त्री बुढाले दिए । रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार २१:१०