१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

अस्थायी शिक्षकको परीक्षा तोक्न माग


२९ चैत, काठमाण्डौ । नेपाल शिक्षक महासंघले काठमाडौँ जिल्ला र महानगर समितिकाे आज आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा ऐन (नवौँ संशोधन)बमोजिम अस्थायी शिक्षकको परीक्षा तत्काल तोक्नुपर्नेमा जोड दिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघका अध्यक्ष बाबुराम थापाले लामो समयदेखिको अस्थायी शिक्षकको समस्या समाधानका लागि विगतमा सरकार र आफूहरूबीच भएको सहमतिको पालना नभएसम्म खबरदारी जारी रहने बताए ।

अस्थायी शिक्षकको ७५ प्रतिशतसम्म स्थायी हुने सो परीक्षाले विद्यालयको शिक्षाको गुणस्तर ध्वस्त हुने टिप्पणी उठेपछि मन्त्रालयको नेतृत्व नवौंँ संशोधनलाई तत्काल कार्यान्वयन नगर्ने तयारीमा छ ।

कार्यक्रममा महासंघमा संगठनका तर्फबाट नवनिर्वा्चितमध्ये अध्यक्ष थापा र उपमहासचिव कमला तुलाधरलाई संगठनका पूर्वअध्यक्ष डा बाबुराम अधिकारी, महानगर समितिका अध्यक्ष डिल्ली शर्मालगायतले सम्मान गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार २०:१०