७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गुठीको जग्गामा बनेको छायाँ सेन्टरमा कांग्रेस नेता महतकै ५० लाखको सेयर (अन्यको सूचीसहित)


१५ असार, काठमाडौँ । नेपाली कांग्रेसले गुठी विधेयक खारेज गर्नुपर्छ भनेर न्वारदेखिको बल लगायो त्यही समयमा काठमाडौँका गुठियारहरू आन्दोलित बन्दा विधेयक खारेज त भएन सरकारले फिर्ता लियो । गुठीका नाममा काठमाडौँमा जनता सडकमा देख्दा एक पटक सरकार झस्कियो पनि ।  देशभर धेरै प्रकारका गुठी छन ।  कतिपय ठाउँमा स्थानीय संस्कृतिको संरक्षणमा क्रियाशिल छन भने कतिपय ठाउँमा तीनै गुठी विकासको बाधक र केही व्यक्तिका निम्ति कमाइ खाने भाँडो बनेको छ ।

गुठीको पोखरी मासेर बनाइएको छाँया सैन्टर ।

अर्को कुरा वर्षौदेखि जोतभोग गर्दै आएका जनताले त्यसको अंश पाउन सकेका छैनन् ।गुठी खारेज गर्नुहुन्न र जस्तोजस्तो छ सबको संरक्षण गर्नुपर्छ भनेर संसदमा पहिचानसहित र संसदबाहिर पहिचानबिहीन आन्दोलन गर्ने कांग्रेसकै नेताले गुठीको जग्गामा हडपेर बनेको जग्गामा ५० लाखको सेयर किनेको खुलासा भएको छ ।

भूकम्प पीडितको नामका लिएको जग्गा समेत बेचेर खान खोजेको आरोप लगेका नेपाली कांग्रेसका नेता डा रामशरण महतले छोरा रक्षक महतको नामममा ५० लाखको सेयर खरिद गरेका हुन । छोरा रक्षक अमेरिका बस्दै आएका छन । छोरा र छोरी भेट्न महत आफैँ अमेरिका जाने गरेका छन  । यद्यपी उनले गुठीको जग्गामा बनेको छयाँ सेन्टरमाम छोराका नाममा ५० लाखको सेयर खरिद गरेको भेटिएको छ ।

नेकपाका संसद योगेश भट्टराइ छाँया सेन्टरको उद्घाटन गर्दै ।

कुनै समय दक्षिय एसियाकै उत्कृष्ट अर्थमन्त्री भनेर पेड पपुलारिटी गेन गरेका महत नेपालको विकास नहुनको प्रमुख पात्र भएको भन्दै गाली खानेको अग्रपंक्तिमा पर्छन ।गृह जिल्ला नुवाकोटलाइ बत्तिमनुीको अध्यारो बनाएका महत गत प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका हितबहादुर तामाङसँग ठूलो मतान्तरमा पराजित भएका थिए ।

आम जनताले डा महतको कमजोरी थाहा पाउँदै जाँदा उनको विगतको प्रतिष्ठा र विश्वास समेत क्षयीकरण हुँदै गएको छ । काठमाडौंको ठमेलमा रहेको गुठीको जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न समेत सकेको छैन । छाया सेन्टरमा देखिनेगरी ४३ लगानीकर्ता रहेका छन् । गुठीको जग्गा अपचलन भएको विषयमा अदालतमा मुद्दा समेत बिचाराधिन अवस्थामा छ ।

स्थानीयले व्यापक बिरोध पनि गरिरहेका  छन तर त्यहीबीचमा नेकपाका सांसद योगेश भट्टराइले छयाँ सेन्टरको उद्घाटन गरे । त्यो पनि स्थानीयको कालो व्यानरसहितको बिरोधकाबीच । स्थानीयबासीको माग र आन्दोलनको वास्तै नगरी सञ्चालनमा आएको छाया सेन्टरका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाण्डेले आफ्नी श्रीमती र छोराको नाममा समेत लगानी गर्न लगाएका छन्। इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पाण्डेले श्रीमती प्रतीमा पाण्डेको नाममा १ करोड २२ लाख र छोरा सिद्धान्तबहादुर पाण्डेको नाममा १९ लाख ७२ हजार रुपियाँ लगानी गरेका छन्। पृथ्वीबहादुर पाण्डे कांग्रेस नेता महतका सहोदर सम्धी समेत हुन ।

स्रोतका अनुसार संस्थापक सञ्चालक रहेका पाण्डेले आफन्तको नाममा समेत लगानी गर्न लगाएका छन्। छाया सेन्टरमा करिब आधा दर्जन इन्भेस्टमेन्ट कम्पनीले समेत लगानी गरेको खुलेको छ। यसमा राजधानी इन्भेस्टमेन्ट फन्ड प्रालिले २ करोड २४ लाख, हिमालयन इन्फास्ट्रक्चर फन्ड लिमिटेडले ३ करोड ४८ लाख, पीएमएफ इन्भेस्टमेन्ट प्रालिले ४८ लाख र स्याकार ट्रेडिङ कम्पनी प्रालिले ३ करोड ५० लाख रुपियाँ लगानी गरेको पाइएको छ ।

भवनको नक्सा स्वीकृत हुनुअघि अनुगमन गर्ने निकाय पुरातत्व विभागले भवनको कुनै कागजात नभएका कारण समस्या परेको बताउँदै आएको छ। भवन निर्माणका विषयमा राष्ट्रिय पहिचान संघर्ष समितिले आन्दोलन जारी राखेको छ। यता देशभरका सरकारी र गुठीको जग्गाको संरक्षका निम्ति तातिएको सरकारले यस बारेमा केही महत्वपूर्ण निर्णय लिन्छ कि भन्ने आशा स्थानीयमा रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आईतवार ०८:१५