१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राजनीतिक हत्याका घटना दोहोरिन सक्ने प्रचण्डको संकेत, के हुँदैछ फेरि नेपालमा ?


१४ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले डर लाग्दो विषय सम्झाएका छन । शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले  राजनीतिक हत्याका घटना दोहोरिन सक्ने चेतावनी दिएका हुन ।

पटक पटक हाइप्रोफाइल हत्या भैरहेको भए पनि त्यसको रोकथामका निम्ति कुनै पनि त्यस्ता घटनाको हत्यारा पत्ता लाग्न नसक्नु डर लाग्दो विषय भएको बताए । उनले राजनीतिक हत्या प्रतिहत्याका दोषी पत्ता लगाउन नसक्दा भविष्यमा त्यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिए । उनले मदन भण्डारी हत्या, उहाँका चालकको हत्या अनि दरबार हत्याकाण्ड भइसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले यस्ता विषयमा गम्भीर हुनुपर्ने बताए ।

प्रचण्डले भने ‘हामीले अहिलसेम्म हत्यारा पत्ता लगाउन किन सकेनाैँ । के ले दिँदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । हामी अहिले सरकारमा छौँ । सरकारको नेतृत्व गरेका छौँ तर भन्न सक्ने ठाउँमा छैनौँ । कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी हामीले किन गर्न सकिराखेका छैनौँ, मेरो प्वाईन्ट त्यहाँनिर हो ।’

प्रचण्डले वर्तमान सरकार जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उहाँले सिंगो मुलुकको प्रणाली नै खतरामा पर्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १९:०९