७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

छालामा मासुको डल्लो मुसा आएर हैरान हुनुहुन्छ ? यसरी हटाउनुहाेस् मुसा 


१४ असार, काठमाडाैँ । छालामा मासुको डल्लो बढ्नुलाई स्किन ट्यूमर वा स्किन ट्याग तथा मुसा भनिन्छ । यसबाट प्राकृतिक उपचारबाट छुटकारा पाउन सकिन्छ । छालामा देखापर्ने स्किन ट्याग तथा मुसा भनेको मासुको अनावश्यक डल्ला हो । यो शरीरको कुनै पनि भागमा उम्रिन सक्छ र यसको आकार चामलको गेडा देखि केराउको गेडाभन्दा केही ठूलो पनि हुन सक्छ । प्राविधिक रुपले अक्रोकोरडोन्स अथवा क्यूटानियस पपील्लोमा नामाकरण गरिएको य छलामा उम्रिने डल्लाहरु समस्याग्रस्त भन्दा पनि कष्टप्रद हुन्छ ।

 मुसा पलाउने अंग

छाला खुम्चिने भागमा यो स्किन ट्याग्स अर्थात मुसाहरु पलाउने गर्छ । यसका साथै हाम्रो पहिरण तथा शरीरको लुगा र छालाबीच घर्षण हुने भागमा यस्ता मुसाहरु पलाउने संभावना अत्यधिक हुन्छ । यस्ता मुसाहरु प्रायजसो कम्मर र तिर्घाबीचको भाग, तिर्घा र यौनाङ्गबीचको भाग, घाँटीको अगाडी र पछाडीको भाग, स्तनको तल्लो भाग, काखी र तीर्घाहरुमा पलाउने गर्छ । कसैकसैको आँखाको परेलीहरुमा पनि यस्ता मुसाहरु देख्न सकिन्छ ।

मुसापलाउने कारण

नियमित खानपानमा ध्यान नदिदा, व्यायाम नगर्दा, गुलियो तथा नुनिलो खाना बढि सेवन गर्नेहरुको जीउडाल मोटो हुने गर्छ । जब हाम्रो सरीरले चाहिने भन्दा बढी तौल आर्जन गर्छ हाम्रो शरीरको अंगहरुको केही ठाउँका छालाहरु खुम्चिने हुन्छ । यस्ता छाला खुम्चिने भागहरुमा त्यसको अनुपातमा घर्षण पनि हुने गर्छ । अनि यस्ता भागहरुमा यो मुसा तथा स्किन ट्यागहरु पलाउने गर्छ ।

यसका साथै के पनि विश्वास गर्ने गरिएको छ भने छालामा पलाउने मुसाहरु र मानव शरीरमा उत्पन्न हुने पपिल्लोमा भाइरस “एचपीभी” बिच गहिरो संबन्ध हुने गर्छ । पपिल्लोमा नाम गरेको भाइरस मानव यौनाङ्ग वरिपरि सक्रिय हुने गर्छ र यदि तपाईको घरको कोही सदस्यको शरीरमा यो एचपीभी किटाणुले बसोबास गरेको छ भने त्यसतो अवस्थामा तपाईमा पनि यो किटाणुका कारण स्किन ट्याग्स तथा मुसाहरु पलाउने संभावना अत्यधिक रहन्छ ।

रक्त संचारमा बाधा तथा रक्त संचार साँघुरो भएको खण्डमा पनि स्किन ट्याग तथा मुसाहरु पलाउने गर्छ जुन अर्थपूर्ण पनि छ । यदि हाम्रो छालाको माथिल्लो भागमा नियमित रुपले घर्षण गर्यो भने उक्त छालाको तल विषादी तरल पदार्थ सक्रिय हुने गर्छ । अनि यस्तो अवस्थामा मुसा पलाउनु स्वभाविक हुन जान्छ ।

मुसा हटाउने  बिधि :

१. एप्पल साइडर भिनेगर

एप्पल साइडर भिनेगर भनेको स्याउ र साइडर भन्ने तत्व बाट बनेको झोल पदार्थ हो ।  बजारमा किन्न पाइने साइडर  मुसामाथि दिनको दुई पटक दल्नुहोस् । साइडर दल्नासाथ पोले जस्तो हुन सक्छ तर केहीबेरमै पोल्ने समस्या हराएर जान्छ । यो उपचार बिधि अपनाउनाले तपाईको  मुसा झरेर जान्छ ।

२. अडीरको तेल र बेकिङ सोडा

अडीरको तेल र बेकिङ सोडाको लेप तयार पार्नुहोस् । लेपलाई मुसाको वरिपरि दल्नुहोस् । अव यसलाई सफा कपडा तथा ब्यान्डेजले बाँध्नुहोस् मुसा केही दिनमै हराएर जान्छ ।

३. टि ट्रीको तेल

टि ट्री भनेको एक प्रकारको बिरुवा हो । बजारमा किन्न पाइने उक्त तेल कपासमा तीन थोपा खन्याउनुहोस् र मुसामाथी राखिदिनुहोस् र यसलाई ब्यान्डेज गर्नुहोस् । मुसा कालो भएर जाने छ । करिव एक देखी डेढ हप्ता सम्म मुसामाथी थोपा थोपा गरि टि ट्रीको तेल चुहाउने गर्नुहोस् । मुसा आपसेआप सखाप हुनेछ । श्री-श्रद्धेय-गुरु-सच्चिदानन्काे फेसबुक पेजबाट

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ११:४२