१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सिन्धुली पुगेर आँपको विरूवा रोपे (फोटोफिचर)


१४ असार, काठमाडाैँ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुलीमा अवस्थित नेपाली सेनाको नाैँ नम्बर बाहिनीमा फलफुलको बिरूवा रोपेका छन । उनले अापँको बिरूवा रोपे । बिरूवा रोप्दै उपप्रधानमन्त्री पोखरेलले हरेक वर्ष असार १४ मा वृहत रूपमा वृक्षारोपण हुने जानकारी दिए ।

उनले यस्ता बिरूवाहरूको संरक्षणमा जहिल्यै ध्यान दिनुपर्ने बताए । सरकारले ‘एक नागरिक, एक फलफूल बिरुवा’ रोपण कार्यक्रम शनिबारमात्रै शुभारम्भ गरेको छ । राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा सरकारले यस बर्ष ५ करोड वटा बिरुवा रोप्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ११:०८