१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

५ करोड बिरुवा रोप्ने घोषणासहित प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानको सुरूवात (फोटोफिचर)


१४ असार, काठमाडौँ । सरकारले देशभर वृक्षारोपण अभियान सुरु गरेको छ । एक नेपाली एक फलफुलको वृक्षारोपणको अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडकखण्डको किनारमा बिरूवा रोपेर सुरू गरे ।  कोटेश्वरदेखि कलंकीसम्म फलफूलका बिरुवा रोप्नेकाम भैरहेको छ ।

सरकारले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी सहभागी भएका छन भने राजनीतिक दलका नेताहरू समेतले सहभागिता जनाएका छन ।  हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारले आगामी तीन वर्षभित्र ५ करोड बिरुवा रोप्ने घोषणा पनि गरेको छ ।

प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले परिपत्र गरेको छ। प्रधानमन्त्री ओलीले गत वर्ष जुन ५ तारिखदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थालेका थिए।

 

  

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ०९:५६