१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य


१४ असार, काठमाडौँ । एमबीबीएस उत्तीर्ण भएपनि १३ सय डाक्टर बिरामी चाँच्न भने अयोग्य भएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्ट (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।

लगातार ३६ पटक सम्म फेल भएका डाक्टर पनि छन् ।

विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् ।

काउन्सिलले १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर यो फाइल मन्त्रालयमा नै अड्किएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ०९:२३