१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बीपीको विचार बोक्दा कोही छट्पटिनुपर्दैन : कमल थापा


१३ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँगे्रस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन् । काठमाडौंको आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न शुभ संकेतको आरम्भको रुपमा लिएको बताए । एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउनका लागि पशुपतिशम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताए ।

सत्ताको नेतृत्व गरिरहेका दलहरुले लोकतन्त्रको नाम लिए पनि व्यवहार भने सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै उनले बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपट्टी भएको बताए । उनले भने, काँग्रेस र कम्युनिष्टको वैचारिक असफलताको विरुद्धमा सम्वर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुनेछ ।’

उक्त पार्टी प्रवेश कार्यक्रममा दुई सय पचास जना व्यक्तिहरु राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा वरिष्ठ नेता दिपक वोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रदेश ३ का अध्यक्ष विक्रम बहादुर थापा, जयकुमार खड्का, सहायक महामन्त्री राजाराम वर्तौला लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार १९:३०