८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एनआईसी एशिया बैंक र वयोधा हस्पिटलबीच सम्झौता 


१३ असार, वीरगञ्ज । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच उपचार सेवामा छूट दिने सम्बन्धी सम्झौता भएको छ ।एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरङ्ग बिरामीको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरे । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८४ शाखा कार्यालय, २ सय ९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

 

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार १८:४२