७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कुवेतमा नेपालीका लागि थप रोजगारीको अवसर सिर्जना गरिदिन दूतावासको आग्रह


कुवेत । कुवेतमा रहेको नेपाली दूतावासले नेपालीहरूका लागि रोजगारको अवसर वृद्धि गरिदिन आग्रह गरेको छ । दूतावासले कुवेतमा रहेका रोजगारदाताहरूलाई नेपालीहरूका लागि कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको हो । दूतावासले ‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बिषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस्तो गरेको हो ।

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल र कुवेतवीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं कर्मशीलता उल्लेख गर्दै नेपालका दक्ष एवं अर्धदक्ष लगायतका जनशक्तिका लागि रोजगारीका अवसरहरू बृद्धि गरिदिन रोजगारदाता कम्पनीहरूलाई आग्रह गरे । कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिले नेपाली नागरिकहरुका लागि कुवेतमा रोजगारी प्रवर्दन गर्ने सिलसिलामा दूतावासबाट भएका पहलहरुको प्रसंशा समेत गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १९:५२