८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एएफसी कप समूह चरणको अन्तिम खेल आज, मनाङ मर्स्याङ्दी र चेन्नइयनबीच प्रतिस्पर्धा हुँदै


११ असार, काठमाडाैँ । एएफसी कप फुटवलको समूह चरणको अन्तिम खेल आज हुँदैछ । खेल सवा चार बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुँदैछ । आज नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र भारतको चेन्नइयन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

होम एण्ड अवेका आधारमा खेलाइएको प्रतियोगितामा मनाङले एउटा पनि जित हात पार्न सकेको छैन । पाँच खेल खेल्दा मनाङले दुई वटा खेल बराबरी खेलेको थियो भने बाँकी तीन खेलमा पराजय भोगेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार ०८:१५