१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विदुर नगरपालिकालाई बजेटमा बेलकोटगढी नगरपालिकाले उछिन्यो, विकासमा पनि उछिन्ला ?


११ असार, नुवाकोट । नुवाकोट जिल्लाका दुई नगरपालिलकाले पूर्वाधार विकासमा तीव्र प्रतिस्पर्धा गर्ने संकेत गरेका छन । मंगलबार सार्वजनिक बजेट अनुसार बजेटको अाकारमा विदुर नगरपालिकालाई बेलकोटगढी नगरपालिकाले उछिनेको छ । बेलकोटगढीले विदुरको भन्दा चार करोड बढी बजेट विनियोजन गरेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाले पाँचौं नगरसभामार्फत आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । नगरसभामा ८९ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ । यस्तै नुवाकोटको विदुर नगरपालिकाले पाँचाैँ नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु भएको छ । दुबै नगरपालिकाको बजेटमा विकास निर्माण, योजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकूद, बालबालिका, महिला, पर्यटन, संस्कृतिलगायत विषयलाई प्राथमिकता दिइएको छ ।

बेलकोटगढी नगरपालिकाको नगरसभामा प्रमुख अतिथि प्रदेश सांसद केशवराज पाण्डे, नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना ।

वार्षिक योजना कार्यक्रम तथा बजेटमा नगरपालिकाको आयतर्फ आन्तरिक स्रोत, सङ्घीय राजश्व बाँडफाँट, सङ्घीय वित्तीय समानीकरण अनुदान, सङ्घीय सशर्त अनुदान, सङ्घीय अनुदान, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानलगायतबाट आम्दानी गरिने उल्लेख छ । यसअघि बेलकोटगढीको भन्दा बढी रकमको बजेट बनउँदै अाएको विदुरलाइ बजेटमात्र हैन विकासमा समेत उछिन्ने गरी तीव्र प्रतिस्पर्धा हुनुपर्ने जनप्रतिनिधिहरूले बताएका छन । यद्यपी रहरलाग्दा जनप्रतिनिधि भएर पनि दुबै नगरपालिकाले अपेक्षाकृत विकासको काम गर्न सकेको छैन ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार २१:३०