८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रौतहटमा प्रहरी भ्यान दुर्घटना, १० जना घाइते, ४ काे अवस्था गम्भीर घाइते


असार १०, रौतहट । रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरकाे भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने दुई थुनुवा रमेश चौधरी, निर्मला साह गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएकाे जनाइएकाे छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार १६:३८