१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मुड्खु भज्याङ्बाट कौडा खेलिरहेका ५ जना १९ लाखसहित पक्राउ


१० असार, काठमाडौँ । मुड्खु भज्याङ्बाट कौडा खेलिरहेका ५ जना १९ लाखसहित पक्राउ परेका छन् । सोमबार राती बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तारकेश्वरका अशोक तामाङ, काभ्रे बनेपाका राज तामाङ, उदयपुर गाइघाटका विमल कार्की, उदयपुर गाइघाटका दिपक राई र संखुवासभाका राजु ब्लोन रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार १४:५६