४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

एसईईको नतिजा असार १४ भित्र प्रकाशन हुने


१० असार, काठमाडौँ । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशनको लागि आवश्यक तयारी भैरहेकाे र १४ गतेभित्र प्रकाशन भैसक्ने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले  जानकारी दिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

 

प्रकाशित मिति : १० असार २०७६, मंगलवार १४:२३