७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१०औँ राष्ट्रपति रनिङ शिल्ड पनि मालिकाको हातमा


२९ चैत, बाजुरा । राष्ट्रपति रनिङ शिल्डमा मालीका माविले लगातार शिल्ड हात पार्दै आएको थियो । यो वर्षको पनि १० औँ राष्ट्रपति रनिङ शिल्ड आफ्नो हातमा पार्न सफल भएको छ ।

सात वर्षदेखिको जितलाई मालिकाले निरन्तरता दिदै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात परेको छ । मालिका माविले बुधबार सम्पन्न शिल्डमा सहभागी विद्यालयभन्दा फराकिलो अंकको जितले उपाधि हात पारेको छ ।

घरेलु मैदानमा जारी १०औँ राष्ट्रपति रनिङ शिल्डमा पनि ३३ पदकसहित पहिलो भएको छ । शिल्डमा खेलाइएका ३३ खेलमध्ये १४ स्वर्ण, नौ रजत र १० कास्य पदक जितेको छ । खेलाइएका सबै खेलमा मालिकाले पदक जितेको छ ।

सरकारद्वारा नमूना विद्यालयको उपाधि दिएको मालिकाले यो वर्ष पनि आफ्नो अग्रता र जितलाई कायम गरेकामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घराज पाध्यायले खुशी व्यक्त गरेका छन् । आफुहरुले गरेको मेहनत र लगानीकै प्रतिफल अपेक्षाअनुसारकै नजिता निकाल्न विद्यार्थी सफल भएको उनको भनाइ छ ।

खेलमा भानोदय मावि दोस्रो बनेको छ भने दशरथ मावि तृतीय बनेको छ । भानोदय माविले ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० वटा पदक हात पारेको छ ।
तृतीय स्थान ल्याउन सफल दशरथ माविले ४ स्वर्ण र ३ कास्य हात पारेको छ । यस्तै अम्लिस मावि २ स्वर्ण, २ रजत र ४ कास्यसहित चौथौ भएको छ भने ३ खेलमा सहभागी पशुपति माविले २ वटा स्वर्ण जितेको छ ।

सबै खेलका पदक विजेतालाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १२:४३