१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशको तेस्रो जित, अफगानिस्तान विश्वकपबाट बाहिरियो


१० असार, काठमाडाैँ । बंगलादेशले आईसीसी एकदिवसीय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा सकिव अल हसनको अलराउण्ड प्रदर्शनका कारण बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । बंगलादेशसँगको हारसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ । साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २६२ रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै शकि अल हसनले ५१ रनको अर्धशतकीय योगदान दिए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले तीन विकेट लिए भने गुलाबदिन नाइबले दुई तथा दवलत जद्रान र मोहम्मद नाबीले एक–एक विकेट लिए । जवाफमा अफगानिस्तान ४७ ओभरमा २०० रनमा अलआउट भयो । जितसँगै ब‌ंगलादेशले सात अङ्क बनाएकाे छ । यसका साथै उसले सुपरसिक्सकाे सम्भावना पनि बलियाे बनाएकाे छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार ०९:१७