१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रेमबहादुर सिंहको पदलोलुपता, सांसद बनाउन माग गर्दै पुगे सर्वोच्च अदालत


६ फागुन, काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह सांसद बनाउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन । सिंह आइतबार रिटसहित सर्वोच्च अदालत पुगेका हुन । समाजवादी जनता पार्टीले माओवादी केन्द्रको चुनाव चिहृन लिएर निर्वाचनमा भाग लिएको थियो । सिंह माओवादीको समानुपातिक सांसदको बन्दसूचीमा पिछडिएको क्षेत्रतर्फ पहिलो नम्बरमा रहेर पनि सांसद हुन नपाएपछि अदालत पुगेका हुन । सिंहले निर्वाचन आयोग र माओवादीले कानुनी व्यवस्थाको उलंघन गर्दै आफूलाई सांसद नबनाएको जिकिर गरेका छन । उनले आफूलाई समानुपातिक सांसदमा विजयी भएको घोषणा गर्न परमादेशको माग समेत गरेका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १९:४८