८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा प्रेसर कुकर बम


१० असार, काठमाडाैँ । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा प्रेस कुकर बम भेटिएको छ । नेकपा विप्लव समूहका कार्यकर्ताले मेयर पण्डिततको विदुर –९ मा रहेको घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ । बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए ।

अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । आजको बन्द सफल पार्न विपल्वका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार ०६:४९