१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

क्लिन फिड नीति कार्यान्वयनमा सञ्चारमन्त्री बास्कोटालाई हरिवंशको साथ, यस्तो दिए सन्देश


९ असार, काठमाडाैँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यले क्लिन फिड नीतिको कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अभियानमा साथ दिने घोषणा गरेका छन । केवल टेलिभिजन व्यवसायीहरूले बिरोध स्वरूप विदेशी च्यानल बन्द गरेको केही घण्टामै वरिष्ठ अभिनेता आचार्यले अाफ्नो फेसबुक पेज मार्फत सञ्चारमन्त्री बास्कोटाको निर्णयलाइ हिम्मतिलो भन्दै साथ दिने घोषणा गरेका छन ।

मह जोडीको फोटो पोस्ट गर्दै आचार्यले फेसबुकमा भनेका छन ‘नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ?’

उनले त्यसअघि प्रश्न गर्दै भनेका छन ‘हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली बिज्ञापन । जय नेपाली कलाकार । जय नेपाली प्राबिधिक ।#wecanlivewithnepalichannelonly’

विगतका सञ्चारमन्त्रीहरू केवल टेलिभिजन व्यवसायीको प्रभावमा पर्दै यो विषयको काम स्थगित गर्दै अाएका थिए तर मन्त्री बास्कोटाले नेपाली सञ्चारमाध्यम, कलाकार, प्राविधिक र राष्ट्रिय अायमा समेत त्यसको सकारात्मक प्रभाव पर्ने देखेपछि क्लिन फिड कार्यान्वयनको अडान लिएका छन ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार २२:४०