१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ललितपुरका ११ वर्षीय बालकले परिवार र शिक्षकबाट माया नपाएकाे सुसाइड नोट लेखेर गरे आत्महत्या


९ असार, ललितपुर । एकजना ११ वर्षीय बालकले परिवार र शिक्षकबाट माया नपाएकाे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टाका ११ वर्षीय समिर लुङवाले शनिबार राती सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् । ललितपुरकाे कालिदेवी माध्यमिक विद्यालयमा ५ कक्षामा अध्ययनरत समिरले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् । समिरले आमा घरमा नभएको बेला सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएकाे छ ।

समिरले सुसाइड नाेटमा यस्ताे लेखेका छन्ः ‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु ।

सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १९:१४