१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पार्टी एकता गर्दाको सहमतिबाट पछाडि फर्किए दुर्भाग्य हुने प्रचण्डको चेतावनी


९ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दाका सहमतिबाट पछाडि फर्किए दुर्भाग्य हुने चेतावनी दिएका छन । नेकपा चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले पार्टी एकताका क्रममा भएका सहमतिहरुबाट कोही पनि पछाडि फर्कन नसक्ने बताए ।

उनले पार्टी एकता गर्दा तयार गरिएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन नमिल्ने बताए । उनले पार्टी एकताको सहमतिबाट फर्किन खोज्नेकाविरूद्धमा खबरदारी समेत गर्नुपर्ने बताए । पछिल्लो समय जनताको बहुदलीय जनवाद जबजबारेको बहस सतहमा अाइरहेको समयमा अध्यक्ष प्रचण्डबाट व्यक्त भएको यो अभिव्यक्तिलाइ महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १९:०५