८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपाकै बेइजत हुने तस्बीरका बारेमा नेपालको तर्फबाट नगरपालिकाको स्पष्टिकरण (विज्ञप्तिसहित)


९ असार, धनकुटा । तत्कालीन नेकपा एमालेले स्थानीय निर्वाचनमा क्लिन स्वीप गरेको धनकुटामा जनप्रतिनिधिका गतिबिधिलाइ लिएर तीव्र बिरोध भैरहेको छ । पछिल्लो पटक टेवुलमाथि चढेर सलामी लिएको विषय समाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले खेल उद्घाटनको क्रममा सलामी लिएको विषयमा सामाजिक सञ्जालमा निकै नकारात्मक टिकाटिप्पणी आएको छ । कतिपय नेताले नेकपाकै बेइजत हुने तस्बीर भन्दै टिप्पणी समेत गरेका छन ।

मेयरले टेबुलमाथि चढेर सलामी लिएपछि चर्को बिरोधको सामाना गर्न सक्ने अवस्था भएपछि नगरपालिकाले विज्ञप्ति नै प्रकाशन गरेर केही स्पष्ट पार्ने कोशिश गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझी र स्रोत व्यक्ति पुष्पबहादुर कटुवालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलको उद्घाटनको अवसरमा असार ४ गते खेलकुद र खेलाडीको सम्मानमा सलामी लिएको बताइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १७:५०