१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते


२९ चैत, विराटनगर । मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटनामा परी हरि बहादुर केसीको मृत्यु भएको छ ।

सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीये केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।

डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार २५ वर्षीय हेमराज खड्काको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ११:४७