१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कतारलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा


९ असार, काठमाडौं । कतारलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह बीको खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेको हो । क्वाटरफाइनलमा पुर्याउन अर्जेन्टिनालाई लौटारो मार्टिनेज र सर्जियो अगुएरोले एक/एक गोलको योगदान गरे ।

खेलको चौथौं मिनेटमा मार्टिनेजले अर्जेन्टिनाका लागि अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाए । यस्तै कोपा अमेरिकाको आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ०८:०२