८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, टुँगाे लाग्ला त पार्टी एकताका बाँकी काम ?


७ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट शुरु भएको छ ।  बैठकमा पार्टी एकताका बाँकी रहेका काम टुंगोमा लगाउने विषयमा छलफल शुरु भएको छ । आजको बैठकमा विशेषगरी जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने तयारी भईरहेको जानकारी प्राप्त भएकाे छ । साथै नेताहरुको कार्यविभाजन, पोलिटब्युरो गठन, राजनीतिक प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल हुने भएकाे छ ।

 

प्रकाशित मिति : ७ असार २०७६, शनिबार १६:११