१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले लगाए आइजीपीको फुली


२९ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्

 

दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ११:०४