१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विपन्न र एकल महिलालाई निःशुल्क रुपमा १ हजार सोलार वितरण


२९ चैत, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ ।

गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरिएको वडा नम्बर २ का वडाअध्यक्ष दशरथ मंगोलाले जानकारी दिए ।

गाउँपालिकाद्वारा बुधबार अयोजित कार्यक्रममा प्रदेससभा सदस्य लिलाधर भट्टले सो सोलार वितरण गर्दै जनप्रतिनिधिहरुले जनचाहना अनुसार काम गर्ने बताए ।

पञ्चेश्वर गाउँपालिकामा पनि विभिन्न समस्या रहेकाले यसको समाधानका लागि आफूले सक्दो पहल गर्ने बताए । जनताले विश्वास गरेर भोट दिएकाले जनमतको कदर गरी अहिलेका जनप्रतिनिधिले काम गर्नु पर्ने बताए ।

यसअघि चैत पहिलो साता बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि उज्यालो दोगडाकेदार बनाउन गाउँपालिकाभित्र निःशुल्क रुपमा एक हजार सोलार पाता वितरण गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १०:०७