७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्छः प्रधानमन्त्री ओली


६ असार, काठमाडाैँ ।  प्रधानमन्त्री केपीशर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय योगदिवसको अवसरमाआज राष्ट्रिय सभागृहमाआयोजितकार्यक्रममाबोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभयो । प्रधानमन्त्रीओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यकालागिउपयोगीहुने बताउनुभयो ।

“योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो ” प्रधानमन्त्रीओलीले भन्नुभयो “मानिस स्वास्थ्य रहनकालागि योगको निरन्तरता जरुरी छ । प्रधानमन्त्रीओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो । “हामीले पाँच ÷ छ हजार बर्ष पहिलेका मूर्तीहरु हे¥यौं भने पनि योगकाविभिन्नआशनमा देखिन्छन्”प्रधानमन्त्रीओलीले भन्नुभयो ।

प्रधानमन्त्रीओलीले नेपालको कोशीकिनारमा बेदकाऋचाहरुको रचनाभएको उल्लेख गर्नुभएको छ । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन ” प्रधानमन्त्रीओलीेले भन्नुभयो । प्रधानमन्त्रीओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्तहुनकालागि योग र नियमितध्यानगर्नु उपयुक्तहुने बताउनुभएको छ ।

प्रधानमन्त्रीओलीले देशलाई आवेश उत्तेजनातिर लैजानखोजिएको बताउनुभएको छ । तर त्यस किसिमकाप्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्रीओलीको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार १८:३५