१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोट क्याम्पसको भ्रष्टाचारः ६ सह प्राध्यापकको बढुवा बदर (निर्णयसहित)


२९ चैत, काठमाडौँ । नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्यम्पसमा सह प्राध्यापकको नियुक्ती खारेज भएको छ । क्याम्पस सञ्चालक समितिले ६ जनालाई सहप्रध्यापकमा बढुवा गर्ने यही चैत १४ गते भएको निर्णय चैत्र २८ गते बुधबारको निर्णयबाट बदर गरेको छ । त्यस्तै पुस्तकालय सहायकाको नियुक्ती समेत अबैधानिक भएको भन्दै निर्णय बदर गरिएको छ ।

क्याम्पसमा शैक्षिक र आर्थिक भ्रष्टाचार भएको भन्दै विद्यार्थी संगठनले आन्दोलन र संस्थापक अध्यक्ष बसन्तलाल श्रेष्ठले अनशन सुरु गरेपछि गठित छानविनि समितिले नियुक्तिमा अनियमितता भएको जनाएको थियो । छानविन समितिको निष्कर्ष अनुसार नै क्याम्पसको सञ्चालक समितिले नियुक्ति बदर गर्ने निर्णय गरेको हो ।

अनेरास्ववियु कम्यापस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यश्रीले सञ्चालक समितिको यस निर्णय स्वागत योग्य भएको र छानविन समितिले भनेअनुसार अन्य विषयमा कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन । उनले सञ्चालक समितिले त्यसो नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

हेर्नुहोस क्याम्पस सञ्चालक समितिको माइन्युट 

यो पनि पढ्नुहोस्

–नुवाकोट क्याम्पसमा अभिभावकको कोटामा गैर अभिभावक सञ्चालक, किन हुँदैन कारबाही ?

–नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

–नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित) 

–नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

–नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

–प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)

–कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०९:०१