७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पोखरा पुगेर प्रचण्डले भने ‘मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ’


५ असार, पोखरा । बिहीबार पोखरा आइपुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषय उठान गरेका छन । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला पुनर्गठन हुने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले आफू पोखराबाट काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फेरि छलफल हुने र त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनबारे ठोस निर्णय आउने बताए । उनले पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार गरिएको भन्दै दुःख प्रकट गरे ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार ११:२९