७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

किन रितिक रोशनले बहिनी सुनैनालाई कुटपिट गरे ?  यस्ताे रहेछ कारण


५ असार, काठमाडाैँ । बलिउड अभिनेता रितिक राेशनकी बहिनी सुनैना एक मुस्लिम परिवारको प्रेममा भएको पुष्टि भएकाे छ । मुस्लिम परिवारको युवक सँग प्रेम सम्बन्धमा बहिनी भएकाे थाहापाए पछि रितिकले बहिनीलाई कुटपिट गरेकाे उनकी बहिनी सुनैनाले अाराेप लगाएकी छिन् ।  रितिक रोशनलाई लगातार हमला गर्ने नायिका कंगना रनौत र  बहिनी रंगोली चन्देले यस विषयलाई ट्वीटरमार्फत्  बाहिर ल्यायका हुन् ।

रंगोलीले आफ्नो ट्वीटरमा रितिक रोशनको परिवारले सुनैनालाई निकै टर्चर गर्ने जनाएकी छिन् । रितिककाे खतरनाक परिवारले बहिनी सुनैनालाई केही हानी गर्छनकी भन्ने डर समेत अाफुलाई रहेकाे रंगाेलीले ट्वीटमा लेखेकी छिन् ।

रंगोलीको यस्तो आरोपलाई रितिककी बहिनी आफैंले पुष्टि गरेकी छिन् ।  सुनैनाका अनुसार उनले कंगनाकी बहिनी रंगोलीद्वारा गरिएको सबै ट्वीट पढेकी छिन् र यसलाई साँचो भएको पुष्टि गरेकी छिन् । यो वास्तविकता सार्वजनिक भएकोमा आफूलाई कुनै आपत्ति नभएको उनले बताएकी छिन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार ११:३१