१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यस वर्ष मिस नेपाल बनिन श्रृङ्खला


२९ चैत, काठमाडौं । २०१८ को मिस नेपाल को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् ।


बुधबार होटल अन्नपूर्णमा सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडा यसवर्षको मिस नेपाल घोषित भएकी हुन् ।
उनलाई गतवर्षको मिस नेपाल निकिता चन्दकले ताज लगाइदिएकी थिइन् ।

यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले जितिन् भने मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् । यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्यले जितिन् ।

द हिडेन ट्रेजरको आयोजना ‘मिस नेपाल २०१८’ सम्पन्न भएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०७:२२