१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

एनआरएनए अष्ट्रेलियाको निर्वाचनः समावेशी समूह मतदाता भेटघाटमा सक्रिय


४ असार, एडिलेड । एनआरएनए अष्ट्रेलियाको आगामी जुलाई ६ मा हुने निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचार प्रसारलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि दिनेश पोखरेलको नेतृत्वमा रहेकाे समावेशी समुहले एडिलेटमा मतदाताहरु संग भेटघाट कार्यक्रम गरेको छ । सो समुहको अष्ट्रेलिया र साउथ अष्ट्रेलियाको राज्य स्तरिय निर्वाचित भए पछि अागामी दिनमा गर्ने कामका प्रतिबद्धताहरु सार्वजनिक गरेको थियो ।

कार्यक्रममा प्रमुख बक्ताको रुपमा मन्तव्य राख्दै अध्यक्ष पदका उम्मेदवार दिनेश पोखरेलले एनआरएनएलाइ नेपाली समुदायको भरोसा योग्य र सेवामुखी बनाउने बताउनु भयो । कार्यक्रममा आइसिसि सदस्य पदका उम्मेदवार अशोक केशीले आफुले साउथ अष्ट्रेलियाको संयाेजक हुदा प्राप्त गरेको अनुभबको आधारमा विश्व भरि रहेका रहेका नेपाली समुदायको हितमा काम गर्ने बताउनु भयो । त्यसैगरी अष्ट्रेलियाको उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाको संयाेजक पदकाे उम्मेदवार रेनुका लामाले अाफु र समूह बिजयी भएमा एनआरएनए दक्षिण अष्ट्रेलियाको लागि आफ्नै कार्यालय ब्यवस्था गर्ने, एनआरएनएको आफ्नै Mobile App बनाई प्रविधीमैत्री एनआरएनए को अवधारणा लागु गर्ने बताउनु भयो ।

हालको एनअारएनएको टिमले पहल शुरु गरेको सामुदायीक भवन निर्माणको कामलाइ निरन्तरता दिनुका साथै प्रवासका नेपालीहरुका बिच सामाजीक एकता कायम राख्दै सहयोगी बहुसाँस्कृतिक समाजको निर्माण गर्ने , त्यसका लागि समुदायमा आधारित गैरनाफामुलक नेपाली संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरि आवश्यक सरसहयोग अादानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा महासचिव पदका उम्मेदवार सन्तोष दहालले सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित बनाउने बताउनु भयो । कोषाध्यक्ष पदका उम्मेदवार कपिल पाण्डेले अाफ्नो कार्यकालमा कोषलाई मजबुत बनाउदै हिसाब किताब पारदर्शी बनाउनु भयो ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका पुर्व अध्यक्ष विनाेद श्रेष्ठले समावेशी समुहलाइ विजयकाे शुभकामना दिदै निर्वाचित भए पछि समुदाय हित धेरै भन्दा धेरै कार्यहरु गर्न अनुराेध गर्नु भयाे । कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य राजु उपाध्याय र साउथ अष्ट्रेलियाका अध्यक्ष हेम खनालले पनि शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा साउथ अष्ट्रेलियाको युवा संयाेजक पदका उम्मेदवार शिव रिमालले दुतावासको समन्वयमा विधार्थीकेन्द्रित कार्यक्रमहरु सन्चालन गर्ने एनआरएनएलाई विद्यार्थी सहयोग मैत्री बनाउन विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने,स्टुडेन्ट हेल्प डेस्कलाई निरन्तरता दिदै अझै प्रभावकारी र गतिशील बनाउने, एडिलेडका दोश्रो पुस्ताका नेपाली बिद्यार्थीका लागि यहाँका नेपाली पाठशाला र बिद्यालयसंग सहकार्य गरि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने तथा बिभिन्न समयमा युवा लक्षित खेलकुदका कार्यक्रमहरु सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

त्यसैगरी नारी निकुञ्जको संयाेजक पदकाे उम्मेदवार सीता केशीले नेपाली हिन्दु नारीहरूको तीज लगायतका अन्य चाडपर्वहरुका कार्यक्रमहरुलाई निरन्तरता दिने, पहिलो पटक आमा बन्दै गरेका नेपाली नारीहरूमा हुने मानसिक परिवर्तनबाट आमाहरूमा हुनसक्ने ड्रिप्रेसन लगायतका समस्याहरूको नियन्त्रण तथा निराकरण, अनुभव आदानप्रदान साथै एक्लोपना कम गर्न पहिलो पटक गर्भवती बनेका नारीहरूका लागी नियमित भेटघाट हुनेगरी कार्यक्रमको व्यवस्था मिलाउन पहल गर्ने , नारीहरूमा उमेरको वृद्धिसँगै उत्पन्न हुने ब्रेष्टक्यान्सर, पाठेघरका समस्यालगायतका समस्याहरू समयमै पहिचान गर्ने साउथ अष्ट्रेलिया सरकारका भिभिन्न कार्यक्रममा नेपाली नारीहरूको पहुँच स्थापना गर्न भूमिका खेल्ने, खेलकुदमा महिला सहभागिता बृद्दी गर्ने लगायतका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन दक्षिण अष्ट्रेलियाका सचिब पदका उम्मेदवार रामकृष्ण शर्मा (आर के) र स्वागत सहसंयाेजक पदका उम्मेदवार चन्द्र कुवरले गर्नु भएको थियो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार १२:२९