१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रमेश खरेलको राजिनामा तीन घण्टामै स्वीकृत, आइजीको सपना डिआइजीमै सीमित


२८ चैत, काठमाडौँ । प्रहरी नायव महानिरीक्षक डिआइजी रमेश खरेलको राजिनामा स्वीकृत भएको छ । खरेलले बुधबारमात्रै राजिनामा दिएका थिए । गृहमन्त्रालय स्रोतका अनुसार खरेलको मन्त्रालयमा पुगेका केही घण्टामै स्वीकृत भएको हो ।

खरेलले आइजी नियुक्तिमा असन्तुष्टि जनाएपछि गृहको नेतृत्व पनि खरेलप्रति रुष्ट बनेको थियो । आफू आइजी हुनैका लागि नेपाल प्रहरीमा आएको भन्दै खरेलले आइजी नहुने भएपछि आफू प्रहरीमा बस्न अनिच्छुक रहेको भन्दै राजिनमा दिएका थिए । आइजी हुने सपना पालेका खरेलको प्रहरी सेवाको यात्रा डिआइजीमै पूर्णविराम लागेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १९:२५