८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

६ म्याग्निच्युडकाे भूकम्प जाँदा ११ को मृत्यु, १२२ जना घाइते


३ असार, चिन । चिनकाे सिचुआन प्रान्तमा ६ म्याग्निच्युडकाे भूकम्प जाँदा ११ को मृत्यु भएकाे छ भने १२२ जना घाइते भएका छन् । सोमबार राति पहिलाे पटक ६ रेक्टर स्केलकाे भुकम्प गएकाे र पराकम्प मंगलबार बिहान ५.३ म्याग्निच्युडकाे गएकाे चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) ले जनाएकाे छ ।

प्रान्तीय राजधानी चन्गदूमा भूकम्प चेतावनी प्रणालीले भूकम्प आउनुभन्दा एक मिनेट पहिले सर्तक गराएको थियो । यसलगत्तै भूकम्पको झट्का महसुस गरिएको थियो ।  प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु पठाइएको स्टेट मिडियाले जनाएकाे छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार १३:२९