१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता


२८ चैत, काठमाण्डौं । सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादा राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

संसदीय समाचार सम्प्रेषणमा आज भएको छलफलमा उनले आफू नेकपा (माओवादी)पार्टीमा नरहेको र राजनीतिक सन्तुलन कायम गरेर सभामुखको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरेका छन् ।

संसद् बाहिर रहेका राजनीतिक दलका अभिव्यक्ति पनि सञ्चारमाध्यममार्फत जनसमक्ष प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई सूचना प्रवाहमा सक्दो सहयोग गर्ने बताएका छन् ।

सञ्चारकर्मीलाई कार्यसम्पादनमा असजिलो नहोस् भन्नेमा सचेत रहेको र हरसंभव सहयोग गर्न संसद् सचिवालय तत्पर भएको बताए ।

एक प्रश्नको जवाफमा उनले संसद् सचिवालयले सातवटा विषयगत समिति गठनको सिफारिस गरेको जानकारी दिँदै वैशाखको अन्तिम सातादेखि बजेट अधिवेशन प्रारम्भ गर्ने तयारीमा आफू रहेको बताए ।रासस

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १७:२२