१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

४ दिने चीन भ्रमण पछि एमाले नेता नेपाल स्वदेश फिर्ता


२८ चैत, काठमाण्डौं । चीन भ्रमणमा गएका एमाले नेता माधवकुमार नेपाल ४ दिन पछि आज स्वदेश फिर्ता भएका छन् ।

सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन ः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनले स्वदेश फर्केका एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।

उनले चिनियाँ उच्च अधिकारीसँग नेपालका बारेमा छलफल र सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरेकोे सचिव रिजालले बताए ।

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १६:४८