१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शिक्षा मन्त्रालय ‘शिक्षक मन्त्रालय’ बन्नु नै दुर्भाग्यः महेश बर्तौला (भिडियोसहित)


अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले शिक्षा मन्त्रालय नाम अनुसारका काममा अब्बल हुन नसकेको बताएका छन । बिज एफएम ९४.९ को बिज विशेषमा बुधबार बिहान उपाध्यक्ष बर्तौलाले नाममा शिक्षा मन्त्रालय भनिए पनि वास्तविकतामा शिक्षकको मन्त्रालय भएको र त्यो दुर्भाग्य भएको टिप्पणी गरे ।

उनले भने ‘विगतदेखि नै शिक्षा मन्त्रालयले शिक्षकको बाहेक विषयमा सोच्दै सोचन, आजका दिनमा त्यो शिक्षा मन्त्रालयल हैन शिक्षक मन्त्रालय भएकोछ ।’ उनले मन्त्रालयको समय शिक्षकको व्यवस्थानको बारेमा सोच्दैमा सकिएको बताए ।  उपाध्यक्ष बर्तौलाले शिक्षा नीति र वर्तमान शिक्षाको अवस्था सुधारका लागि मन्त्रालयले केही पनि काम गर्न नसकेको बताए ।

कार्यक्रममा अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय शिक्षामा राज्यले नै विभेदको खाडल सिर्जना गरेको भन्दै आपत्ति जनाए । उनले सर्वजनिक विद्यालयका विद्यार्थीको बारेमा सोच्नुपर्ने समूह समेत निजी विद्यालयको पछि लागेर बसेको आरोप लगाए । राज्यले पहल कदमी लिँदा परिवर्तन सम्भव रहेको भन्दै भण्डारीले शिक्षमा आमूल परिवर्तनको खाँचो रहेको औल्याए ।

भण्डारी बर्तौलासँगको कुराकानी तलको लिंकमा हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १६:३४