११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

चिया खरिद गर्न आठ देशका चिया व्यापारी इलाममा


२८ चैत, इलाम । इलचममा चिया खरिद गर्न र चियाको गुणस्तर जाँच गर्र्न आठ देशका विदेशी व्यापारी इलाम आउन थालेका छन् ।

चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि आफूहरु यहाँ आएको उनीहरुले बताएका छन् ।

यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै व्यापारीको सहयोग आवश्यक हुने चिया उद्योगी सुजन नेपालले बताए ।

आलै सूर्योदय नगरपालिका र साना चिया उत्पादक तथा व्यवसायी किसानको आयोजनामा जिल्लामा ‘तेस्रो चिया महोत्सव’ समेत सम्पन्न भएको छ ।

सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा भएको सो महोत्सवमा आठ देशका १७ जनाले भाग लिएका चिया उद्योगी प्रभाकर प्रधानले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १६:०९