७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची


१ असार, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार सबै पेट्रोलिय पदार्थमा प्रतिलिटर २ रूपैयाँ मूल्य घटाइएको छ । घटेको मूल्य आज रातिदेखि नै लागू हुने जनाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ८ रूपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टितेल ९६.५० रूपैयाँ प्रतिलिटरमा झरेको छ । हवाइ इन्धन र एलपी ग्याँसको हकमा खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार २१:२३