१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

वाइडबडी प्रकरणमा स्वा रवीन्द्र अधिकारी निर्दोष छन्ः प्रधानमन्त्री ओली


१ असार, काठमाडौं । वाइडबडी प्रकरणमा स्वा रवीन्द्र अधिकारी निर्दोष रहेकाे प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन् । युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीलाई वाइडबडीबारे प्रश्न गर्दा जवाफमा उनले कसैलाई दोषी वा निर्दोष भनेनन्, बरु छानबिन भइरहेको विषयमा आफूले नबोल्ने बताउँदै सन्तुलित हुने कोसिस गरेछन् ।

गैरजवाफदेही पाराले भ्रष्टाचार बढ्याे र फलानाले खायो, भनिँदै गरेपनि आफुभने परिणाम नआइकन कसैका बारेमा केहि नभन्ने बताएका छन् । प्रधानमन्त्रीले थपे, ‘छानबिन हुँदैछ, जो दोषी छ, ऊ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ ।’

प्रकाशित मिति : १ असार २०७६, आईतवार १४:४३